सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द
समयपोष्ट
२०८२ असार २० गते १३:४०
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै शुक्रबारदेखि सम्पूर्ण सेवाहरू बन्द गरेको छ। विभागले जारी गरेको सार्वजनिक सूचनामा उक्त प्रणालीमा देखिएको समस्याको समाधान भइरहेको र अर्को सूचना प्रकाशित नहुँदासम्म सबै सेवाहरू(ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली, र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) बन्द रहने उल्लेख छ।
सूचनामा भनिएको छ, “आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जानकारी गराइन्छ।”
यस समस्याका कारण सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ।
प्रतिक्रिया