एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’, भारत जाँदा पनि चलाउन सकिने,यसरी सुचारु गर्नुहोस्

एनसेल प्रा.लि.ले भारत भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको छ । जस अन्तर्गत एनसेलका ग्राहकले आफू भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवा मार्फत सम्पर्कमा रही रहन सक्नेछन् ।

Advertisement

यस अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ ।

अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक भारत भ्रमणमा जानु अघि वा भारतमा पुगे पछि पनि लिन सक्नेछन् ।

भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार व्यवसायमा तथा तीर्थका लागि यात्रा गर्ने गरेकाछन् । यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रोमिङ्गमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरि आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री