शुक्रबार, १४ वैशाख २०८१

गुराँस लाईफ ईन्स्योरेन्स र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता

समयपोष्ट २०७६ वैशाख २७ गते १३:३१

Advertisement

गुराँस लाईफ ईन्स्योरेन्स र कलेज अफ मेडिकल साइन्स चितवनबीच उपचार सेवामा विशेष छुट दिने सम्बन्धि सम्झौता भएको छ।

सम्झौतामा ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कलेजका प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौतासंगै ईन्स्योरेन्स कम्पनीका कर्मचारी,कर्मचारीका परिवार, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदानगर्ने सेवा शुल्कमा विशेष छुट प्रदान गरिने छ।

साथै अस्पतालमा कार्यरत कर्मचारी, निजका परिवारलाई जीवनबीमा गराउँदा विशेष सहुलियत दरमा बीमा शुल्क निर्धारण गरी बीमालेख जारी गर्ने र विभिन्न अध्ययन, अनुशन्धान तथा अवलोकनमा आउने विद्यार्थी तथाकर्मचारीहरुलाई ईन्स्योरेन्सले आवश्यक सहयोग गर्ने र दुवै संस्थाद्धारा अन्यव्यवस्थापकीय र प्राविधिक सहकार्य तथा समन्वयलाई उच्च प्राथमिकतामा राखिने कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री