शनिबार, १४ असार २०८२

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

समयपोष्ट २०८२ असार १३ गते २०:०६


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिएका हुन्।

Advertisement

२०७८ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री