बिहीबार, १३ वैशाख २०८१

इनरुवामा यामाहाको नयाँ शोरुम

समयपोष्ट २०७६ वैशाख २५ गते १०:०८

Advertisement

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुनसरीको इनरुवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले समुद्घाटन गरे ।

एमएडब्लुले पाथीभरा इन्टरप्राइजेज मार्फत यस क्षेत्रका ग्राहकले ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा प्राप्त गर्न सक्नेछन् ।

इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पाथीभर इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउँने छन्।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।

स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्।

यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढेको कम्पनीको भनाइ छ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइने कम्प्नीको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री