कियाको नयाँ ‘के३ सेल्टोस’ नेपाली बजारमा, मूल्य ६८ लाख ९० हजारदेखि सुरु

कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा ‘अल न्यु किया के३ सेल्टोस’ सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा एक विशेष समारोह आयोजना गरी उक्त नयाँ गाडी बजारमा ल्याएको हो।

तेस्रो पुस्ताको यो एसयुभीमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश गरिएका छन्। भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।

के३ प्लेटफर्म र उत्कृष्ट सुरक्षा रेटिङ

Advertisement

कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित यो गाडीमा ठूलो र बलियो बडी संरचना रहेको छ। यसले गर्दा गाडीमा थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्राप्त हुनेछ।

यो नयाँ एसयुभीले ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ समेत हासिल गरेको छ। कुल ८१ अंकमा ७६.७ अंक प्राप्त गरेको यो गाडीले आफ्नो सेगमेन्टमै उत्कृष्ट सुरक्षा स्कोर बनाएको हो।

आधुनिक प्रविधि र विशेषताहरू

यसमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा र ६ वटा एयरब्याग जस्ता अत्याधुनिक सुविधाहरू छन्। यस्तै प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त गाडी बनाएको छ।

अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किएको किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले बताए। यो गाडीले नेपालको एसयूभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्ने विश्वास उनले व्यक्त गरे।

दुवै पुस्ताका गाडी सँगै बिक्री गरिने

Advertisement

कम्पनीले अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ। यसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिने कम्पनीको भनाइ छ।

यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध भइसकेको छ। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ३५ वर्षभन्दा बढी समयदेखि नेपालमा कियाका गाडीहरू बिक्री गर्दै आएको छ।

यस्तो छ नेपाली बजारको मूल्य

नेपाली बजारमा यसका विभिन्न चारवटा भेरियन्ट उपलब्ध गराइएको छ। जसअनुसार एचटिके (ओ) को मूल्य ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै एचटिके (ओ) आइभीटीको मूल्य ७५ लाख ९० हजार र एचटिएक्स (ए) आइभीटीको मूल्य ८५ लाख ९० हजार रुपैयाँ रहेको छ। यसको शीर्ष भेरियन्ट एक्स–लाइन (ए) ७डिसीटीको मूल्य भने ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री