बिहीबार, ६ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

समयपोष्ट २०८० जेठ १२ गते १७:४७

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।

बैंकले शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गर्नुभएको हो । उहाँले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

क्रेडिट कार्ड प्रयोगकर्ताले पि ओ एस मेसिन, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पिओएस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् ।
कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री