शुक्रबार, १६ चैत २०८०

महालक्ष्मी विकास बैंकको २९ औँ वार्षिकोत्सव सम्पन्न

समयपोष्ट २०८० जेठ ७ गते २२:२२

Advertisement

महालक्ष्मी विकास बैंक लि.ले २९ औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ लगायत विभिन्न काार्यक्रमहरुको आयोजना गरी २९ औँ वार्षिकोत्सव मनाईरहेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै शाखा, प्रादेशिक तथा केन्दि«य कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (आठ वटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

त्यसैगरि वार्षिकोत्सवको अवसरमा गत बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २) १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देबकोटा ज्यूले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री