शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता

समयपोष्ट २०७९ जेठ ५ गते १७:१३

Advertisement

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा माइती नेपालका ५३ जनाको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित उनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री