बुधबार, १२ वैशाख २०८१

५.५९ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७९ वैशाख २९ गते ११:२७

Advertisement

नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.५९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३.३५ प्रतिशतले बढेर ६० करोड १३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १४ करोड ६३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ५ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा ६५ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ५२.६८ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री