शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

Advertisement

कम्पनीले मंगलबार हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका अक्सिजनका सिलिण्डर, ७० थान खाली सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सिसियु बेड साथै ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु अस्पताललाई हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

कोरोनाबाट प्रभावित नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहज होस् भन्नाका लागि ‘प्राणवायु’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड, सिसियु बेड,मनिटर इक्युप्मेण्ट समेतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यस अगाडी पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ ।

Advertisement

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा क्ष्क्क्ष्, ग्च्क् प्रमाणित क्ष्क्इ ऋभचतषष्अबतभ प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री