सिउरेनीटार र सिंजामा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखा सोमबारदेखि सञ्चालनमा आएको बैंकले जनाएको छ ।

यसअघि बैंकले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं ३ नराकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । जेठ २६ गतेदेखि सिंजा शाखा सञ्चालनमा आएको उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिए ।

Advertisement

यी दुई नयाँ शाखाहरू सञ्चालनमा आएसँगै पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ । वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको यो बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेट्ने गरी बैंकिङ सञ्जाल विस्तार गरेको छ ।

बैंकले आफ्ना शाखामार्फत कर्जा र निक्षेप संकलनसँगै एटिएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरू पनि उपलब्ध गराइरहेको छ । दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक वित्तीय सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तारलाई निरन्तरता दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री