एनआइसी एसिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा विशेष छुट

एनआइसी एसिया बैंकका ग्राहकलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट दिने समझदारी भएको छ ।

Advertisement

अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित यी दुई लजहरूबाट सेवा तथा सुविधाहरू लिँदा बैंकका ग्राहकले विशेष छुट पाउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार ग्राहकले फिस्टेल र जगतपुर लजमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यसका साथै आवास सेवा (रुम बुक) गर्दा बैंकका ग्राहकले कर्पोरेट शुल्कको सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

Advertisement

लजहरूसँगको यो सहकार्यले ग्राहकलाई विशेष सहुलियत प्राप्त हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्ने बैंकले जनाएको छ । यस कदमले नगदरहित कारोबारमा ठूलो सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री