एशियन लाइफ इन्स्योरेन्सको हकप्रद आजदेखि खुल्यो

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँको ६० प्रतिशत अर्थात ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।
कम्पनीको हकप्रद शेयर फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन्। कम्पनीले वैशाख २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। हकप्रद आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।
हाल एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले जारित गरेकाे चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव धिताेपत्र बाेर्डबाट माघ २७ गते स्वीकृत भएकाे थियो। चैत २५ गते साेमबार धिताेपत्रको दोस्रो बजारमा एशियन लाइफ इन्स्योरेन्सको शेयर प्रतिकित्ता ३९७ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।



























प्रतिक्रिया