बिहीबार, १३ वैशाख २०८१

साझाका यात्रुहरुको लागि नेपाल बैंकले ल्यायो स्मार्ट कार्ड,हेर्नुहोस कुन रुटमा प्रयोग हुन्छ ?

समयपोष्ट २०७३ चैत २३ गते ६:५०

ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्न नेपाल बैंक लिमिटेडले एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो पटक हो ।

Advertisement

साझा बसमा यात्रा गर्ने नेपाल बैंक लिमिटेडका पहिलो ५०० जना ग्राहकहरुलाई यो कार्ड निशुल्क वितरण गरिने बैंकले जनाएको छ । हाल सो कार्ड साझा यातायातको लगनखेल देखि गोंगबु रुटमा चल्ने साझा बसहरुमा प्रयोग हुँनेछ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री