मंगलबार, ६ साउन २०८२

इन्भेष्टमेन्टको १ करोड ४० लाख कित्ता बोनस सूचीकृत

समयपोष्ट २०७५ वैशाख १३ गते ९:३५

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इन्भेष्टमेन्ट बैंकको बोनस सूचीकृत भएको छ । बैंकले बिहीबार गत अार्थिक बर्षमा वितरण गरेकाे १ करोड ४० लाख ५२ हजार २०१ दशमलव ३५ कित्ता बोनस सेयर सूचीकृत गराएको हाे ।

बैंकको गत कात्तिक ७ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंककाे २५ प्रतिशत नगद लाभांश भने डिम्याट गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलार्इ वितरण गरिसकेकाे बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री