शुक्रबार, ९ साउन २०८२

क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माण सम्पन्न, कुन-कुन सञ्चालनमा आए ?

समयपोष्ट २०८२ साउन ६ गते १६:१२


नेपाल विद्युत् प्राधिकरणले गत महिनाको रसुवा बाढीबाट क्षतिग्रस्त भएका अधिकांश जलविद्युत् आयोजनाहरुको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। प्राधिकरणका अनुसार, ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, २१ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्र र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाहेक अन्य सबै आयोजनाहरु पुनः सञ्चालनमा आएका छन्।

प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, “त्रिशुली ३ ए र रसुवागढीबाहेक अन्य सबै आयोजनाहरुको मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन्।” उनका अनुसार, गत महिनाको बाढीले २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना, १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र, १४.३ मेगावाटको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाटको सुर्यकुण्ड जलविद्युत् आयोजना र ५ मेगावाटको बुद्धभूमि जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो।

प्राधिकरणले यी आयोजनाहरुको तीव्र गतिमा पुनर्निर्माण गरी विद्युत् उत्पादन सुचारु गरेको छ। यद्यपि, माथिल्लो त्रिशुली ३ ए र रसुवागढी जलविद्युत् आयोजनाको मर्मत कार्य भने अझै बाँकी रहेको र यी आयोजनाहरुलाई छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको ढकालले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री