उच्च अंकले बढ्यो नेप्से परिसूचक
नेप्से परिसूचक ८०.९७ अंक बढेर २९७३.७० विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १४.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६६ अंक बढेको छ।
आज ३१९ स्टकको १ लाख ७७ हजार १०१ पटकको कारोबारमा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँबराबरको ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ। जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको साढे ६८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ५६ करोड नाघेको छ।
प्रतिक्रिया