मंगलबार, ६ साउन २०८२

हिमालयन बैंकको खुद मुनाफा १ अर्ब ६१ करोड

समयपोष्ट २०७५ वैशाख ११ गते ५:४६

हिमालयन बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको बित्तिय विवरण सार्वजनिक गरेको छ । जारी विवरण अनुसार बैंकले चैत्र मसान्तसम्ममा १ अर्ब ६१ करोड खुद मुनाफा आर्जन गरेको छ । जुन गतबर्षको भन्दा ४.९९ प्रतिशत अर्थात ८ करोड मात्रै धेरै हो । गतबर्ष बैंकले १ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको निक्षेप लागत ३.२५ प्रतिशतबाट बढेर ६.३५ प्रतिशतमा उक्लेपछि नाफा बढ्न नसकेको हो । ६ अर्ब ८७ करोड व्याज आम्दानी गर्दा बैंकले ३ अर्ब ९६करोड व्याज खर्च गरेको छ । जसबाट बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । गतबर्षको यसै अवधिको भन्दा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशतले मात्र बढी हो ।

यस अवधिमा बैंकले ९६ अर्ब ३२करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ३.७० प्रतिशत र कर्जा ९.४४ प्रतिशतले बढेको छ ।

कर्जा निक्षेप अनुपात ७८.७४ प्रतिशत पुगेको बैंकको निष्कृय कर्जा अनुपात ०.९० बाट १.१९ प्रतिशतमा बढेको छ ।

चुक्ता पूँजी ६ अर्ब ४९ करोडबाट आठ अर्ब ११ करोड रुपैयाँ पुगेपछि बैंकको प्रतिसेयर आम्दानी ३१.५३ रुपैयाँबाट २६.४८ रुपैयाँमा झरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २३ गुणा रहेको छ । बैंकको जगेडाकोष भने बढेर ५ अर्ब २० करोड पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री