मंगलबार, ६ साउन २०८२

गण्डकी विकास बैंकको खुद नाफा ३४ करोड

समयपोष्ट २०७५ वैशाख १० गते ९:१३

गण्डकी विकास बैंकले चालु आर्थिक बर्षको ९ महिना अवधिमा ३४ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चैतसम्ममा खुद ब्याज आम्दानी ७० करोड ५३ लाख रुपैयाँ रहेको छ। गत वर्षको चैत्रमा यस्तो आम्दानी ५३ करोड १६ लाख रुपैयाँ थियो।

बैंकले ९ महिनामा २० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ। एक वर्षमा एक अर्ब १९ करोड रुपैयाँको चुक्ता पूँजी बढाएर २ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा एक अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको चुक्ता पूँजी र जगेडा कोष बढेसँगै बैंकको पूँजी कोष अनुपात पनि १७.७५ प्रतिशतबाट बढेर २१.२२ प्रतिशत पुगेको छ। खराब कर्जामा पनि सुधार भर्इ ०.८४ प्रतिशत मात्रै रहेको छ।

चर्को ब्याजदरको प्रभावले आधार ब्याजदर १०.५१ प्रतिशतबाट १२.३७ प्रतिशत पुगेको बैंकले जनाएको छ। बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री