बुधबार, २६ वैशाख २०८१

महालक्ष्मी विकास बैंंकको २०७९ सालको भित्तेपात्रो विमोचन

समयपोष्ट २०७८ चैत २० गते २१:२३

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ ।

बैंकले आइतबार केन्द्रीय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकाबिच क्यालेन्डर विमोचन गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गर्नुभएको हो ।

“कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले वेवसाइट www.mahalaxmibank.com मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गर्न सक्नेछन् ।

Advertisement

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री