आइतबार, ६ जेठ २०८१

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

समयपोष्ट २०८१ वैशाख २६ गते १७:०८

Advertisement

कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

आज प्रदेश प्रमुखलाई भटेर एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेशसभा सदस्यहरूले त्यस्तो माग गर्नुभएको हो । उहाँहरूले यही वैशाख ६ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।

नेपालको संविधानको धारा १८३(३) बमोजिम कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई विसं २०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८(२) बमोजिमको अवधिभित्र अर्थात ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उहाँहरूको भनाइ छ ।

आफू अल्पमतमा परेको भए पनि संविधानको धारा १८८(२) बमोजिम विश्वासको मतप्राप्त गर्ने प्रयोजनका लागि समयावधिभित्र प्रदेशसभाको अधिवेशन आह्वान नगरेको तथा राजिनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उहाँहरूको दावी छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री