शनिबार, ५ जेठ २०८१

सिजी फुड्स पार्कमा आक्रमण

समयपोष्ट २०८१ वैशाख २१ गते २१:५१


चौधरी ग्रुपद्वारा भैँसेपाटीमा सञ्चालित सिजी फुड्स पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ।

Advertisement

शुक्रबार दिउँसो करिब ३ बजेतिर बा.४ख १०८५ नम्बरको बसमा आएको समूहले कर्मचारीहरूमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्ति तोडफोड गरेको सिजीले विज्ञप्तिमार्फत जनाएको छ।

सिजीले फुड्स पार्कमा आउना साथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’जस्ता नारा लगाउँदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेको जनाएको छ।

त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारी प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारी त्यहाँबाट पछि हटेका थिए,’ सिजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आक्रमण गर्न आएकाहरूलाई भैँसेपाटी प्रहरी प्रभागले गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख छ। घटनाप्रति भर्त्सना गर्दै चौधरी ग्रुपले यस्ता घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्‍याउन सक्ने भएकाले सचेत रहन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री