सोमबार, ७ जेठ २०८१

दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

समयपोष्ट २०८१ वैशाख २६ गते १७:३५

Advertisement

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् ।

आज बिहानदेखि दाँतमा समस्या देखिएकाले उपचारका लागि वीर पुगेको उनको सचिवालयले जनाएको छ ।

डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनी अस्पताल पुगेका हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री