आइतबार, ६ जेठ २०८१

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–७ च्याम्पियन

समयपोष्ट २०८१ वैशाख २६ गते ९:४०

Advertisement

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुछ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । माछापुछ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखी बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री