सोमबार, ७ जेठ २०८१

नेपाली सेनाद्धारा अर्घाखाँचीमा निशुल्क स्वास्थ्य शिबिर संचालन

समयपोष्ट २०८१ वैशाख २६ गते १७:०४

Advertisement

नेपाली सेना श्री फिल्ड अस्पताल रुपन्देही बुटवलले ईश्वरी बक्स गुल्म अर्घाखाँचीमा एकदिने निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ ।

नेपाली सेनाले आफ्ना वहाल वाला कार्यरत अधिकृत जवानहरु भुपु तथा आश्रीत परिवारलाई मध्यनजर गर्दै प्रारम्भिक स्वास्थ परिक्षण संचालन गरेको हो ।

नेपाली सेनाले रुपन्देहीको बुटवलमा ५ बेड बाट संचालित अस्पताल २०८१ बैशाख ६ गतेदेखि नयाँ ब्याबस्थापनका साथ २५ बेडसहित संचालनमा ल्याएको छ ।

शिबिरमा अस्पतालका प्राबिधिक प्रमुख सेनानी डा। रेश्मी श्रेष्ठ क्याप्टेन डा।जीवन पान्डे अर्घाखाँची अस्पतालका प्रमुख डा। जगन्नाथ तिवारी लगायतको स्वास्थ्यकर्मीहरुले बिरामीहरुको परिक्षण गर्नु भएको थियो । बिरामीहरुको रोग पहिचानको लागी जनरल ओ पि डि सेवा परामर्श तथा औंषधि बितरण गर्न लागिएको ईश्वरि बक्स गुल्मका गुल्मपति महेश्वर थापाले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री