सोमबार, ७ जेठ २०८१

लक्ष्मी सनराइज बैंकका दुईवटा शाखा स्थानान्तरण

समयपोष्ट २०८१ वैशाख २६ गते ११:२५

Advertisement

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्र दुईवटा शाखा स्थानान्तरण गरेको छ

बैंकले काठमाडौं महानगरपालिका–१७ खुसिबुमा रहेका आफ्ना दुई शाखामध्ये एउटा काठमाडौंको नागार्जुन नगरपालिका–१६ बनस्थलीको खरिबोटमा स्थानान्तरण गरेको छ । त्यस्तै, काठमाडौं मेट्रो–२६ गोंगबुमा रहेका दुई शाखामध्ये एउटा सोही नगरपालिकाको ल्होत्से मल, नयाँ बसपार्कमा सारिएको छ ।

स्थानान्तरण गरिएका यी शाखाका ग्राहकहरूले सोही क्षेत्रभित्र रहेका खुसिबु र सामाखुसीका बाँकी रहेका शाखाहरूमा सेवा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले नयाँ र पहिले सेवा नपुगेका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै गएको छ । दुबै शाखाहरूले आफ्ना ग्राहकहरूलाई पूर्ण दायराको खुद्रा बैंकिङ सेवाहरू प्रदान गर्न र साना तथा ठूला व्यवसायहरूमा आफ्ना सेवाहरू विस्तार गर्दै अघि बढेको छ ।

Advertisement

लक्ष्मी सनराइजको नेटवर्कमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ एजेन्टहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री