आइतबार, २३ वैशाख २०८१

पुलिसमा भर्ती हुनका लागि कुमारित्व जाँच !

समयपोष्ट २०७७ वैशाख ११ गते ८:०१

Advertisement

प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनावट, स्वास्थ्यको अवस्था, उमेर र शैक्षिक योग्यता हेर्ने गरिन्छ । तर,  जकार्ता पोष्टका अनुसार इन्डोनेसियामा पुलिसमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्व जाँच गर्ने अनौठो चलन रहेछ । त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको कुमारित्व चेक गरिन्छ । चेकमा कुमारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिदैनन् ।

प्रहरीमा भर्ना हुन महिला कुमारी भएर मात्रै पुग्दैन, उनीहरू सुन्दर र शारीरिक रूपले आकर्षक देखिनु पर्छ । अनौठो र रोचक कुरा त के छ भने, जागिर खान चाहने महिलाको कुमारित्व पनि पुरुषले नै चेक गर्छन् । इन्डोनेशियामा यो कार्यलाई ‘दुई औँले’ जाँच भनिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार प्रहरीमा भर्ना हुन गएका महिला उम्मेदवारको यौनाङ्मा दुई औँला हालेर चेक गरिन्छ । त्यसो गर्दा योनीको जाली च्यातिए/नच्यातिएको थाहा हुने उनिहरूको भनाई छ ।

Advertisement

इन्डोनेसियामा महिलाको कुमारित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको सञ्चारमाध्यामहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री