बिहीबार, १५ चैत २०८०

नबिल बैंकको ३४ औं वार्षिक साधारणसभा सम्पन्न, ३४ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब १ करोड

समयपोष्ट २०७५ फागुन २७ गते १८:५३

Advertisement

नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमवार बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३४ औं वार्षिक साधारण सभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७४.७५ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले आ.व. २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा रु.३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको थियो । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. १ खर्ब ६१ अर्ब पुर्याएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले बृद्धि भएको छ ।

वाणिज्य बैंकहरुमध्ये आ.व. २०७३/७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पुर्याए वापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पुँजी यस बर्ष रु. ९ अर्ब १ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री