सोमबार, ५ साउन २०८२

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश : डिजिटल र ग्राहकमैत्री बैंकिङमा नयाँ उचाइ

समयपोष्ट २०८२ साउन ५ गते ११:४३

एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वर्ष प्रवेश गरेको अवसरमा ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकको यो सफल यात्रामा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

“हाम्रा समस्त ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र सरोकारवालाहरूको निरन्तर माया, विश्वास र सहयोगले हामी ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न सफल भएका छौं,” विज्ञप्तिमा भनिएको छ। “नेपालको वित्तीय क्षेत्रमा हाम्रो योगदानको सम्पूर्ण श्रेय तपाईंहरूलाई नै जान्छ। आगामी दिनमा हामी विश्वस्तरीय, प्रविधिमैत्री र ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै सबैको पहिलो रोजाइको बैंक बन्ने प्रतिबद्धता जाहेर गर्छौं।”

‘डिजिटल फष्ट बैंक’ बन्ने लक्ष्यसहित अगाडि बढिरहेको एनआईसी एशिया बैंकले आफ्नो भौतिक र डिजिटल उपस्थितिलाई सशक्त बनाउँदै आएको छ। हाल बैंकले देशभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध बैंकिङ सेवा पुर्‍याएको छ। यसले देशको अर्थतन्त्र सवलीकरण र उच्च आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उत्तरदायी बैंकिङको अभ्यासमा जोड दिँदै एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त बनाएको छ। बैंकले आगामी दिनमा अझ नवीन, प्रविधिमैत्री र अनुकरणीय बैंकिङ अनुभव प्रदान गर्ने अठोट गरेको छ। “हामी ग्राहकको विश्वास र सुविधालाई पहिलो प्राथमिकतामा राख्दै नेपालको वित्तीय क्षेत्रमा नयाँ आयाम थप्न प्रतिबद्ध छौं,” खनियाले भने।

यो बर्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक र सरोकारवालाहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै देशको आर्थिक विकासमा योगदान पु¥याउने संकल्प दोहोर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री