मंगलबार, ६ साउन २०८२

कावासोती र टाँडीमा माछापुच्छ्रे बैंक

समयपोष्ट २०७५ फागुन २७ गते १८:१४

माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले फाल्गुन २७ गतेबाट नवलपुरको कावासोती नगरपालिका स्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका छन् ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घन्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री