मंगलबार, ११ कार्तिक २०८२

नेपाल लाइफले ४८.५ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७५ फागुन १९ गते १२:३२

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको २८२ औं सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट पारित हुने गरी २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँको २५ प्रतिशत अर्थात एक अर्ब ९ करोड रुपैयाँको बोनस शेयर दिनेछ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ कायम हुनेछ। त्यस्तै बोनस शेयर र नगद लाभांशको लागि कर प्रयोजनसहित जम्मा एक अर्ब तीन करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

Advertisement

कम्पनीले गत वर्ष ४२ प्रतिशत बोनस शेयर र २८ प्रतिशत नगद लाभांशसहित ७०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री