शुक्रबार, ७ वैशाख २०८१

गरिमा विकास बैंकद्धारा नयाँ क्यालेण्डर विमोचन, वेवसाईट शुभारंभ

समयपोष्ट २०७९ चैत १७ गते १७:५०

Advertisement

गरिमा विकास बैंक लिमिटेडले आज एक कार्यक्रमकाबिच नयाँ वर्ष २०८० सालको क्यालेण्डर विमोचन गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा बैंककाप्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरे ।

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।

सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्तरोन्नती गरि ग्राहकमैत्री बनाईएको बैंकको नयाँ वेवसाईटको शुभारंभ समेत गरे ।

बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री