शुक्रबार, १४ वैशाख २०८१

कुमारी बैंक र नेसनल प्याथ ल्याबबिच सम्झौता

समयपोष्ट २०७९ चैत १२ गते १९:३९

Advertisement

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबिच आफ्ना बैंकका सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्-हाउस परीक्षणमा २०% र आउटसोर्स १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री