मंगलबार, ६ साउन २०८२

माछापुच्छ्रेले बिद्यार्थीलार्इ वितरण गर्‍यो खाद्य तथा पोसाक

समयपोष्ट २०७४ चैत १५ गते ९:११

माछापुच्छ्रे बैंक धनगढी शाखाले निङलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३ कैलालीमा खाद्य तथा पोसाक वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बुधबार उक्त विद्या पिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई कुर्ता, धोती, टि–सर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूल हस्तान्तरण गरेको हो ।

बैंकले हालसम्म आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बैंकिङ सेवा मार्फत ८० स्थानबाट ग्राहकलाई सम्पुर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । बैंकको देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री