आइएमई ग्रुपको सिनियर भाइस प्रेसिडेन्टमा पोखरेल, आइएमईको सीइओमा पौडेलको बढुवा

आइएमई ग्रुपको सिनियर भाइस प्रेसिडेन्टमा सुमन पोखरेल नियुक्त भएका छन्।

Advertisement

समूहको बोर्ड बैठकले पोखरेललाई सिनियर भाइस प्रेसिडेन्टमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी यसअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत थिए। पोखरेल डिसहोमका प्रबन्ध निर्देशक समेत भइसकेका छन्।

पोखरेलले शंकरदेव क्याम्पसबाट एमबीएस गरेका हुन भने एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट डिजिटल बिजनेस स्ट्रयाटिजीमा स्नातकोत्तर गरेका हुन्। उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपालका उपाध्यक्ष छन्।

बोर्ड बैठकले खिलेन्द्र पौडेललाई आइएमईको सीइओमा बढुवा गरेको छ। उनी यसअघि कम्पनीका महाप्रबन्धक थिए। पौडेल आइएमई फाइनान्सियल इन्सिच्युसनका संचालक भइसकेका छन्।

Advertisement

उनी आइमई प्रालिका प्रबन्धक र मलेसियामा आइएमईको प्रबन्धक भएर काम गरिसकेका छन्। उनले सरस्वती बहुमुखी क्याम्पसबाट एमबीएस गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री