आइतबार, १६ वैशाख २०८१

दैनिक शारिरिक सम्पर्क हुँदा पनि गर्भ रहेन भने के गर्ने ? अपनाउनुहोस यस्ता उपाय (भिडियो सहित)

समयपोष्ट २०७६ चैत २ गते १३:१८

Advertisement

डा. सबिना सिम्खडाले यो तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् ।

निःसन्तानपन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार सम्भव छ भनेर देखाएकी छिन् । पछिल्लो समय निःसन्तानपनको बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा.सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थायी साधनको प्रयोग बिना शारिरिक सम्पर्क गर्दा बच्चा बसेन भने बाँझोपना हुने उनी बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बाँझोपना हुने सम्भावना धेरै हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने सम्भावना रहन्छ ।

दैनिक जस्तो शारिरिक सम्पर्क गर्दा वा महिनावारी भएको १० देखी २० दिन भित्र सम्पर्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउनु पर्ने उनले सुझाएकी छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बाँझोपनाको उपचार गर्न नेपाल आउने गरेको डा.सबिनाको अनुभव छ । उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् ।

हेर्नुहोस्  भिडियो

प्रतिक्रिया

सम्बन्धित सामाग्री