शुक्रबार, १६ चैत २०८०

ज्येष्ठ नागरिक र क्षयरोगका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा

rss २०७६ फागुन २१ गते ८:३५

Advertisement

दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम औपचारिकरूपमा शुरु गरिएको छ । स्वास्थ्य बीमाका लागि टोलटोलमा खटिने ९८ बीमा दर्ता सहयोगीमार्फत औपचारिकरूपमा कार्य प्रारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापालगायत १५ जनालाई स्वास्थ्य बीमा गरेर कार्यक्रमको औपचारिक शुरुआत गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको उपस्थितिमा बीमाको औपचारिक शुरुआत गर्दै आम नागरिकको घरदैलोमा पुगेर बीमा गराउने अभियानलाई प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

जिल्ला समन्वय समिति प्रमुख थापाले दुर्गम स्थानका नागरिकलाई बीमाबारे स्पष्ट जानकारी गराउँदै तत्काल दैलेखका ११ वटै स्थानीय तह र ९० वडामा खटिएका सहयोगी कार्यकर्ताहरूले आम नागरिकलाई बीमा अभियानमा समावेश गरेर रु एक लाखसम्मको सुविधा पाउने अवसरबाट वञ्चित नगराउन सुझाव दिनुभयो ।

बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिनेछ । स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एकाघरका एकदेखि पाँचजनालाई रु तीन हजार ५०० र पाँचजनाभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम रकम लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री