यी हुन् रसुवा बाढीमा बेपत्ता १८ जना (नामसहित)
चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार बेपत्ता हुनेमा प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ,जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर,प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा रहेका छन् ।
चाइनिज नागरिकमा चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE,LI HUAQING,YANG CHUAN,YU HAI HANG,YOU XIAO QIU,JOU YONG रहेका छन् ।
नेपाली नागरिकमा जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी, वर्ष ३५ को सन्तोष दइत,वर्ष २५ को बुद्दीराम थारु,वर्ष २४ को लक्ष्मीनारायण थारु,वर्ष ३० को सुरेश थारु,जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.,जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा,वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान,वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ रहेका छन् ।
प्रतिक्रिया