शुक्रबार, ७ वैशाख २०८१

गरिमा बिकास बैकले गर्यो मृतक ग्राहकको ऋण मिनाहा

समयपोष्ट २०७५ फागुन ९ गते १२:५७

Advertisement

गरिमा बिकास बैकले मृतक ग्राहकको ऋण मिनाहा गरेको छ । बैकले कास्कीस्थित पोखरा महानगरपालिका ३२ तल्लोगगनगौंडा निवासी जित बहादुर बिक सुनारको १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ ऋण मिनाहा गरेको हो ।

तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य समेत रहेका सुनारको परिवारलाई सोही रकम बराबरको चेक समेत हस्तान्तरण गरेको तल्लो गगनगौडाका शाखा प्रमुख केश बहादुर गुरुङले बताए ।

बैकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री