जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर पाल्पामा
समयपोष्ट
२०७५ फागुन २ गते ११:२६
जनता बैंक नेपाल लिमिटेडले पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरेको छ । साथै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।
पाल्पा जिल्ला रम्भा गाउँपालिका ३ खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको बैंकले जनाएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार हुने गरेको छ ।
सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत उक्त काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । यससंगै बैंकको ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया