मंगलबार, ६ साउन २०८२

सिभिल बैंकको नाफा ४९ प्रतिशतले बृद्धि

समयपोष्ट २०७५ माघ २९ गते २०:४६

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ४९ प्रतिशतले नाफा बढाएको छ।

बैंकले पुससम्ममा ३५ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष २४ करोड रुपैयाँ थियो। खराब कर्जा धेरै रहेको बैंकको प्रोभिजनिङले गर्दा नियामकीय नाफा भने २३ करोड ९८ लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकको व्याज आम्दानी ३१ प्रतिशतले सुधार हुँदा व्याज खर्च भने १६ प्रतिशतले मात्रै बढेको छ । यसले गर्दा बैंकको खुद व्याज आम्दानी ६० प्रतिशतले बढेर एक अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकको निक्षेप संकलन भन्दा ऋण विस्तार धेरै रहेको छ। पुससम्ममा बैंकले ४३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरि ४३ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत वर्षको भन्दा १६ प्रतिशतले निक्षेप बढाएको छ भने ऋण विस्तार २६ प्रतिशतले विस्तार गरेको छ।

गत वर्षको तुलनामा ५४ प्रतिशतले पूँजी बढाएर ८ अर्ब रुपैयाँ जुटाएको बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँले खुम्चिएर ८ रुपैयाँ रहेको छ। जगेडा कोषमा दुई अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ। खराब कर्जा ४.५२ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री