मंगलबार, ६ साउन २०८२

शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

समयपोष्ट २०७५ माघ २९ गते २०:२७

 

 

 

 

 

ग्लोबल आइएमई बैंक लि. ले राजधानीको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यससंगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ ।

बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग च्यानलको माध्यमबाट गराउने उद्धेश्यका साथ विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभाबकारी बनाउदै आएको छ । अत्याधुनिक बैंकिङ्ग सुबिधा र गुणस्तरिय सेवाको आधारमा  बैंकलाई सरकारी राजश्व संकलनका लागि  राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोती र मालपोत कार्यालय नारायणगढमा आफ्नो काउण्टर स्थापना गरि सरकारी कार्यालयहरुमा सेवा प्रदान गदै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा,एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ८ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री