सानिमा बैंक र भिपी आईएनसिबीच रेमिटेन्स सम्झौंता
समयपोष्ट
२०७५ माघ २९ गते १९:५६
सानिमा बैंक र भिपी आईएनसिबीच दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउने सम्झौंता भएको छ । सम्झौंतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भिपीबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरे ।
सम्झौंता अनुसार बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसमार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १० हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ । सानिमा एक्सप्रेसले युएई, मलेसिया, कतार, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरीबाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा दिँदै आएको छ ।
प्रतिक्रिया