प्रियंका र आयुस्मान अग्रि ग्रुपको ब्रान्ड एम्बेस्डर नियुक्त, पाए बीई–६ गाडी

नेपालको चर्चित अभिनेता दम्पती प्रियंका कार्की र आयुष्मान जोशी अग्नि ग्रुपको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी यो औपचारिक घोषणा गरेको हो।

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्रा इन्डियाका नेपाल, बंगलादेश र भुटान क्षेत्रका कन्ट्री हेड चैतन्य कगालकर तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक वरदान बस्नेतको उपस्थितिमा दम्पतीलाई ‘अग्नि परिवार’मा स्वागत गरिएको थियो।

Advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रियंका र आयुष्मानसँग आफ्नो व्यक्तिगत सम्बन्ध लामो र निकट रहेको उल्लेख गर्दै उनीहरूलाई अग्नि परिवारको सदस्य बनाउन र महिन्द्राको सवारी साधन चलाउने अवसर दिन पाउँदा आफ्नो पुरानो इच्छा पूरा भएको बताए। फेब्रुअरीलाई प्रेमको महिना मानिनुका साथै यसै महिनामा प्रियंकाको जन्मदिन र दम्पतीको वैवाहिक वर्षगाँठ पर्ने भएकाले यो घोषणाको लागि यो समय उपयुक्त ठानिएको जानकारी पनि दिइयो।

नवनियुक्त ब्रान्ड एम्बेस्डर प्रियंका कार्कीले अग्नि ग्रुपसँग जोडिन पाउनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको बताइन्। उनले अध्यक्ष श्रेष्ठसँग पहिलेदेखि नै फुड पार्टनरको रूपमा सहकार्य गर्दै आएको स्मरण गर्दै अब पूर्ण रूपमा अग्नि परिवारको सदस्य बन्न पाउँदा गर्व महसुस भएको व्यक्त गरिन्। ‘यो मेरो लागि निकै गर्वको क्षण हो,’ उनले भनिन्।

त्यसैगरी, अभिनेता आयुष्मान जोशीले पनि अग्नि परिवारमा सामेल हुन पाउनु आफ्नो सौभाग्य भएको बताए।

घोषणापछि अध्यक्ष श्रेष्ठले दम्पतीलाई महिन्द्राको नयाँ सवारी साधन (बीई–६ मोडल) को साँचो हस्तान्तरण गरेका थिए। कार्यक्रममा कम्पनीका विभिन्न विभागीय प्रमुखहरू, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री