सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा MDRT, COT, TOT सम्मान कार्यक्रम सम्पन्न
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि Million Dollar Round Table (MDRT), Court of the Table (COT) तथा Top of the Table (TOT) मा योग्य ठहरिनुभएका एजेन्सी म्यानेजरहरुलाई सम्मान गर्ने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुखहरू, क्षेत्रीय म्यानेजरहरू, एरिया म्यानेजरहरू तथा ब्रान्च एवं सब-ब्रान्च म्यानेजरहरूको उपस्थिति रहेको थियो।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट सन् २०२५ का लागि १ जना TOT, २ जना COT तथा २४ जना MDRT का लागि योग्य ठहरिएका छन्। TOT का लागि योग्य नमिता न्यौपाने यसअघि पनि दुई पटक TOT भइसकेकी छन्। यसैगरी, रण बहादुर तामाङ पहिलो पटक COT का लागि योग्य हुनुभएको छ भने नारायण बहादुर गुरुङ दोस्रो पटक COT का लागि योग्य ठहरिनुभएको हो।
MDRT विश्वभरका बीमा अभिकर्ताहरूका लागि प्रतिष्ठित मञ्च हो, जसमा तोकिएका मापदण्डहरू पूरा गर्न सफल भएका अभिकर्ताहरूले वार्षिक रूपमा सहभागिता जनाउने अवसर पाउँछन्। सन् २०२५ का लागि MDRT को लक्ष्य रु. ४६,९२,९००, COT का लागि रु. १,४०,७८,७०० तथा TOT का लागि रु. २,८१,५७,४०० तोकिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरूलाई बधाई दिँदै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रमहरूमा अझ बढी सहभागिता जनाउन कम्पनीले आवश्यक सहयोग तथा प्रोत्साहन प्रदान गर्ने बताउनुभयो। साथै, कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रको विकासमा निरन्तर योगदान दिँदै ग्राहकसेवा, अभिकर्ता सशक्तीकरण तथा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।
प्रतिक्रिया