शुक्रबार, २ जेठ २०८२

पूर्वमन्त्री बस्नेत,दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब बढीको बिगो माग दाबी

समयपोष्ट २०८२ जेठ १ गते १३:०६


पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

Advertisement

टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम(टेरामक्स) प्रकरणसम्बन्धी अनुसन्धानपछि अख्तियारले बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, अन्य उच्च अधिकारीहरू तथा सम्बन्धित कम्पनीहरूमाथि मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, अभियुक्तहरूमाथि कुल तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित बिगो माग दाबी गरिएको छ।

पूर्वमन्त्री बस्नेत हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य छन्।

टेरामक्स प्रकरण लामो समयदेखि अख्तियारमा थन्किएको थियो। अनुसन्धान टुंगिएपनि सत्तारुढ दलहरूको राजनीतिक हस्तक्षेपका कारण निर्णय प्रक्रिया प्रभावित भएको भन्दै अख्तियारले पछिल्लो समयमा मात्र मुद्दा अगाडि बढाएको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री