आइतबार, २३ वैशाख २०८१

६३ दशमलव ७२ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०८० माघ २६ गते ११:२१

Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६३ दशमलव ७२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ३१ करोड २२ लाख ५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३० प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७५ करोड ५९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २७ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले २ करा २६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ०२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ९४ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री