बुधबार, २५ असार २०८२

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडी दुई लाख धरौटीमा रिहा

समयपोष्ट २०८२ असार २४ गते २०:४९

Advertisement

विशेष अदालतले नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेका पहाडी मंगलबार बिहान अदालतमा हाजिर भएर बयान दिएकी थिइन्।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री