शुक्रबार, ७ वैशाख २०८१

बढ्यो युनाइटेड इन्स्योरेन्सको खुद् नाफा

समयपोष्ट २०७६ माघ २४ गते १०:४५

Advertisement

युनाइटेड इन्स्योरेन्स चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २८ लाख ५४ हजार रुपैयाँले बढी हो। गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले एक करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क २ करोड ३ लाख ८३ हजार रुपैयाँले बढेर १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीलेले यस अवधिमा पुर्नबीमा कमिशनबाट ४ करोड ५९ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७५ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको जगेडा कोषमा १० करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको बीमा कोषमा ३३ करोड ६२ लाख रुपैयाँ र महा-विपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ८८.५५ गुणा बढी छ।

कम्पनीले यस अवधिसम्ममा ५० हजार ९०० बीमालेख जारी गरी ३५ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। एक हजार २८ वटा दाबी वापत १० करोड ११ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ७० वटा दाबी वापत ३८ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। यस अवधिमा कम्पनीको ३ हजार ३८३ बीमा लेख नवीकरण भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री